गोर्खाल्याण्ड आन्दोलनका शहीद आशिष तामाङको चौथो पुण्यतिथि पालन

सुकेपोखरी : 2017-को गोर्खाल्याण्ड आन्दोलनमा शहीद बनेका सुकेखण्डको मगरजोङ शङखमान गाउँ निवासी आशिष तामाङको चौथो पुण्यतिथि आज निजी वासस्थानमा अराजनैतिक रूपमा परिवार अनि आफन्तको उपस्थितबिच पालन गरियो। शहीद तामाङकी स्वास्नी मैना तामाङ तथा अन्यले शहिद तामाङको प्रतिकृति अघि दीयो बालेर श्रद्धाञ्जलि अर्पण गरे। यस अवसरमा शहीदकी स्वास्नी मैना तामाङले कुनै राजनैतिक दल अनि झण्डाको निम्ति मेरा पति  शहीद बनेका होइनन्, तिनी समग्र गोर्खा जातिको निम्ति शहीद बनेका हुन् भन्दै शहीदको महत्वलाई बुझ्न सक्ने कसैले पनि शहीद तामाङलाई श्रद्धाञ्जलि अर्पण गर्न सक्ने बताइन्। आशिष तामाङ समग्र गोर्खा जातिको निम्ति शहीद बनेको, गोर्खा जातिको निम्ति तिनले दिएको ठुलो योगदानलाई सम्पूर्ण गोर्खाहरूले भुल्न नहुने विशाल राईले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *