गोर्खाल्याण्ड आन्दोलनमा शहीद भएकाहरूको नाममा तीनधारेमा विरुवा रोपण

खरसाङ : गोजमुमो बिमलपन्थी तीनधारे खण्ड समितिद्वारा गोर्खाल्याण्ड आन्दोलनमा शहीद भएकाहरूको नाममा बिरुवा रोपनको कार्य सम्पन्न गरेका छन्। आज तीनधारे राजबारीको जलपा देवी मन्दिर परिसरमा शहीदहरूका नाममा बिरूवा रोपण कार्य सम्पन्न गरेका छन्। उक्त विरुवा रोपणको कार्यमा बिमलपन्थी गोजमुमो केन्द्रीय सहसचिव बिमल दर्जी, तीनधारे- महानदी समष्टिको संयोजक सुरेशचन्द्र दर्नाल, तीनधारे खण्ड समितिका सचिव अजय विश्वकर्म लगायत राजबारी शाखा, युवा मोर्चा, जीपीटीओ साथै सम्पूर्ण सदस्यहरूद्वारा तीनधारेको राजबारीस्थित जलपा देवी मन्दिरमा गोर्खाल्याण्ड आन्दोलनमा शहीद भएका वीर योद्धाहरूका सम्झना गर्दै विरुवा रोपण कार्यक्रम सम्पन्न गरिएको खण्ड समितिका सचिव अजय विश्वकर्मले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *