गोर्खाल्याण्डबारे भाजपाका शीर्ष नेताहरूले दिएको बयानको गोजमुमो-द्वारा भर्त्सना

खरसाङ : गोजमुमो केन्द्रीय प्रवक्ता केशवराज पोखरेलले आज खरसाङमा पत्रकार सम्मेलन गरेर हिज दार्जीलिङका सासंद राजु विष्ट र राज्य भाजपाका प्रतिनिधिहरूले दिएको बयानको घोर विरोध जनाएका छन्। केशवराज पोखरेलले भाजपा पार्टीको नाम नलिइ दार्जीलिङ पहाड़लाई मात्र होइन, हाम्रो भावनालाई मात्र होइन तर सम्पूर्ण देशलाई नै ढाट्ने र देशलाई नै लुट्ने पार्टीको सांसद राजु विष्ट र त्यसै पार्टीको राज्य समितिको महासचिव शयन्त घोष र सांसद लोकेश च्याटर्जीले गोर्खाल्याण्ड हुँदैन, दार्जीलिङ बंगालको अभिन्न अंग हो, स्थायी राजनैतिक समाधान भनेको गोर्खाल्याण्ड होइन, बंगालबाट छुट्टिनु होइन भनी दिएको बयानको गोजमुमो घोर विरोध र भर्त्सना जनाउँछौं भनी बताएका छन्। तिनले तपाईहरूको पार्टीले चुनाउको बेलामा दिएको वाचा के भयोयसको जवाब चाहियो भन्दै अहिले आएर हुँदैन भन्छ भने चुनाउको बेला किन ढाँट्नु भनी प्रश्न गरेका छन्। पोखरेलले भाजपाको राज्य समितिले त भन्यो तर जनताले भोट दिएर पठाएको सांसदले समेत किन ढाँट्नु भनी प्रश्न गर्दै सांसदले सिलगढीमा स्थायी राजनैतिक समाधानको प्रक्रिया शुरु भएको बताएको तर गत 7 अक्टोबरको वार्ता केवल जीटीएको लागि थियो, त्यसको अर्थ स्थायी राजनैतिक समाधान भनेको केवल जीटीए हो भनी प्रश्न गर्दै यसको जवाब मागे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *