गोर्खाल्याण्डको माग गर्दै भारतीय गोर्खा महासंघ-द्वारा प्रधानमन्त्रीलाई ज्ञापन

नक्सलबारी : 2024-को लोकसभा चुनाउ अघि फेरि अलग राज्य गोर्खाल्याण्डको माग उठेको छ। यसै क्रममा भारतीय गोर्खा महासंघले आज बीडीओ-को माध्यमद्वारा प्रधानमन्त्री नरेन्द्र मोदीलाई एउटा ज्ञापन पत्र चढायो। कमिटीका सदस्यहरू आज नक्सलबारी बीडीओ कार्यालय पुगेर बीडीओसित भेट गर्नको साथै गोर्खाल्याण्डको मागलाई लिएर तिनको माध्यमद्वारा प्रधानमन्त्रीलाई एउटा ज्ञापन पत्र पनि चढाए। नक्सलबारी लगायत सिलगढी महकुमाशासक तथा दार्जिलिङ जिल्लाशासकलाई पनि उक्त ज्ञापनको प्रतिलिपि चढाएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *