गोर्खाल्याण्ड र अन्य मुद्दालाई लिएर गोजमुमो (भाजपा घटक) टोली दिल्लीमा

सिलगढी :  दार्जिलिङ पहाड, तराई-डुर्वसको दीर्घदिन देखिको समस्याको स्थायी राजनैतिक समाधानको माग लिएर गोजमुमो (भाजपा घटक) दलका एउटा प्रतिनिधि टोली दिल्ली प्रस्थान गरिसकेको पार्टीका कार्यकारी अध्यक्ष डा. लोप्साङ लामाले जानकारी दिएका छन्। प्राप्त जानकारीअनुसार राजधानी दिल्लीको संसद शुरू हुन लागेको मनसुन सत्रको अवधि स्थायी राजनैतिक समाधान छुट्टै राज्य गोर्खाल्याण्ड गठनको निम्ति दबाउ दिनको लागि उक्त प्रतिनिधि टोली दिल्ली प्रस्थान गरेको बताइएको छ। उक्त टोलीमा दार्जिलिङ, खरसाङ, कालेबुङ लगायत डुवर्सका प्रतिनिधिहरू क्रमैले डा. लोप्साङ लामा, उर्मिला रूम्बा, आरपी वाइबा, नन्दिता गौतम, सरन देवान, कल्याण देवान, विशाल लामा आदि सामेल रहेका छन्। गोजमुमो-को मूल उद्देश्य नै अलग राज्य गोर्खाल्याण्ड रहेकोले गर्दा नै यो सन् 2007-मा शुरू गरिएको पार्टी सूत्रले जनाएको छ। केन्द्र सरकारमाथि अलग राज्य गठनको लागि दबाउ दिन साथै यसै आउँदो सत्रमा छुटेका 11 जात गोष्ठीलाई केन्द्रको जनजातिको दर्जा दिलाउन लगायत अन्य मामिलाहरूलाई लिएर संसदको मनसुन सत्र आवाज उठाउनको निम्ति उक्त दिल्ली गएको टोलीले केन्द्रीय नेतृत्वहरूसित भेट गरेर यसबारे कुराकानी गर्ने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *