गोर्खाल्याण्ड गठनको लागि बौद्धिक तथा कानुनी लडाइँ लड्ने : गोर्खा जनकल्याण ट्रस्ट

मिरिक : अराजनैतिक सङ्गठन गोर्खा जनकल्याण ट्रस्टले आज गोर्खाहरूको राजनैतिक सुरक्षा तथा राष्ट्रिय राजनैतिक चिन्हारीको लागि अलग राज्य गोर्खाल्याण्ड गठन अनिवार्य ठान्दै गोर्खाल्याण्ड राज्य गठनको लागि बौद्धिक अनि कानुनी लडाइँ लड्ने भएको छ। मिरिक प्रेस क्लबमा आज पत्रकार सम्मेलनको आयोजना गरेर गोर्खा जनकल्याण ट्रस्टका चेयरम्यान कृष्ण छेत्रीले ट्रस्टको घोषणापत्र सार्वजनिक गरे। तिनले बताए अनुसार उक्त ट्रस्ट राष्ट्रिय स्तरको हो। गोर्खाहरूको निम्ति राष्ट्रिय स्तरमा सामाजिक, शैक्षिक तथा अन्य कार्यहरूसँगै गोर्खाल्याण्ड राज्य गठनको निम्ति राष्ट्रिय स्तरमा नै कार्य गर्ने सङ्कल्प लिएको तिनले बताए। यसको साथै तिनले ट्रस्ट अनि यसको उद्देश्यमाथि पनि प्रकाश पारे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *