गोर्खाल्याण्डको मागमा युवा मोर्चाद्वारा कालेबुङ शहरमा पोस्टरिङ

कालेबुङ: आज गोर्खा जनमुक्ति युवा मोर्चा कालेबुङ जिल्ला समितिद्वारा कालेबुङको डम्बर चौकमा विभिन्न माग गर्दै पोस्टरहरू टाँसिएको छ। यस अवसरमा गोर्खाहरुको स्थायी राजनैतिक समाधान छुट्टै राज्य गोर्खाल्याण्ड नै हुनुपर्छ भन्ने मागमा पोस्टरिङ गरेको युवा मोर्चा नेताहरूले बताए।


   

बोडोहरुलाई झुक्काए झै झुक्याएर गोर्खाहरुलाई पनि कुनै चानचुने व्यवस्था नै थमाउने कार्य भाजपा सरकारले यसचोटी गर्न नहुने पोस्टरमा उल्लेख गरिएको छ। भाजपाले सोचेको स्थायी समाधान के हो ? सो विषयमा दार्जिलिङका सांसद राजु बिष्टले जनता अघि स्पष्ट पार्नुपर्ने युवा मोर्चा कालेबुङ जिल्ला समिति महासचिव अमीर बस्नेतले बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.