गोर्खालीग भारती गुटका प्रार्थी विक्रम राईले बुझाए नामाङ्कन पत्र

खरसाङ : आगामी विधानसभा चुनाउको लागि आज खरसाङ विधानसभा समष्टिको लागि अखिल भारतीय गोर्खा लीग भारती गुटको प्रार्थी विक्रम आदि राईले पनि आज नोमिनेशन भरेका छन्। अभागोली-का प्रार्थी विक्रम आदि राईले दिउँसो 3-4 बजेतिर आफ्नो नोमिनेशन खरसाङ महकुमा शासक आईएएस अभिषेक चौरासियालाई सुम्पेका छन्। आफ्नो नोमिनेशन पत्र बुझाएपछि अभागोलीका प्रार्थी बिक्रम आदि राईले पत्रकारहरूलाई सम्बोधन गर्दै यसपालीको चुनाउमा अन्तर्राष्ट्रिय स्तरमा सांस्कृतिक सेन्टर निर्माण गरिनुपर्ने, दुई स्तरीय पञ्चायत चुनाउको माग, इलेक्ट्रिसिटीमा 100 युनिटसम्म सब्सिडी दिनुपर्ने, फरेष्ट भिलेज एक्ट 2006 लागु हुनपर्ने, क्षेत्रीय प्रशासनमा भइरहेको भ्रष्टाचार रोक्न वार्षिक रुपमा एडिट हुनुपर्ने, शिक्षा व्यवस्थामा सुधार जस्ता मुद्दाहरू लिएर चुनाउमा उत्रेको बताए। पत्रकारहरूले सोधेका प्रश्नहरूका उत्तर दिँदै बिक्रम राईले राज्य र केन्द्रको सत्ताले हाम्रो क्षेत्रीय प्रशासनलाई कमजोर तरिकाले सञ्चालन गर्दैछ तर हाम्रो क्षेत्र चारवटा अन्तर्राष्ट्रिय सीमाहरूले घेरेको क्षेत्र हो त्यसैले यस क्षेत्रलाई सटीक रूपमा सञ्चालन गर्न आवश्यक छ भनी बताए। तिनले अहिले जनताले भीड़ हेर्न छोडेका छन्, भीड़ थुपारेर चुनाउ जित्न सकिन्दैन भन्ने कुरा 2019 मै याद भएको हो र अब यसपाली पनि त्यही कुरा लागु हुनेछ भनी बताएका छन्। तिनले अझ भने, हामी भारती गुटको गोर्खालीग हौँ जसले मदन तामाङको आदर्शलाई पछ्याउने गर्छ अनि त्यही आदर्शलाई लिएर जनहितमा कार्य गर्दछ भनी बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *