गोर्खालीग नेता नीमा ग्याम्सो शेर्पाले पोख्रेबुङ नागरीमा गरे चुनाउ प्रचार

सुकेपोखरी: अखिल भारतीय गोर्खालीग भारती समूह दार्जिलिङ विधानसभा आसनका उम्मेद्वार नीमा ग्याम्सो शेर्पाले आफ्नो चुनाउ प्रचारको क्रमलाई जारी राख्दै आज पोख्रेबुङ नागरी क्षेत्रमा आइपुगे। यस अवसरमा तिनले पार्टीको आगामी रणनीति तथा युवा जमातले सत्ता सम्हालेको खण्डमा के-कस्ता परिवर्तन हुनेछ यसबारे आफ्नो विचार जनतासामु राखे। यसको साथै यहाँको शिक्षा, स्वास्थ्य, यातायात लगायत अन्य विषयमा देखिएका समस्याहरू समाधान गर्न सकिने विषयमाथि प्रकाश पारे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *