गोर्खालीग प्रार्थी निमा ग्याम्छोद्वारा मदन तामाङको पैतृक गाउँ मेगमामा चुनाउ प्रचार

बिजनबारी: अखिल भारतीय गोर्खालीगको उम्मेद्वार निमा ग्याम्छो शेर्पाले आफ्नो चुनाउ प्रचारलाई निरन्तरता दिँदै आज पार्टीका दिवङ्गत अध्यक्ष मदन तामाङको पैतृक गाउँ मेगमा पुगे। तिनी आज बिहानै पार्टीका कार्यकर्ता तथा समर्थकहरूको साथमा चुनाउ प्रचारको लागि सुकिया माने भञ्ज्याङ चित्रे हुँदै मेघमा पुगे। यस अवधि तिनले आउँदो विधानसभा चुनाउमा जनसाधारणलाई सत्यको साथ दिनुपर्ने कुरामा जोर दिँदै आफू पार्टी अध्यक्ष दिवङ्गत मदन तामाङको जन्मथलो मेगमा आइपुग्दा निकै ऊर्जा मिलेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *