गोर्खालीगको ‘सत्याग्रह गोर्खाल्याण्ड’ पद यात्रा शुरू

दार्जिलिङ: अखिल भारतीय गोर्खालीगको आयोजनामा आज पार्टीका अध्यक्ष भारती तामाङको घर प्रांगणबाट सत्याग्रह गोर्खाल्याण्डको पद यात्रा सुरू गरेको छ। यसको साथै अखिल भारतीय गोर्खालीग पार्टीको तर्फबाट विभिन्न ठाउँहरूमा व्यापक पोस्टरिङ गरिएको छ। ती टाँसिएका पोस्टरहरूमा बंगालमा भाषिक अल्पसंख्यकहरू माथि सरकारी नोकरीको लागि बंगला भाषा अनिवार्य गर्ने नीतिको घोर बिरोध गर्दछौ।”,  “ बंगाल राज्यमा सरकारी नोकरी गर्न बंगला भाषा नै अनिवार्य भए, गोर्खा जातिले आफ्नै मुख्यमन्त्री खोज्ने समय आएकै हो त?” आदि जस्ता लेखिएको छ। यस अवसरमा गोर्खालीग पार्टी (भारती गुट) अध्यक्ष भारती तामाङ, महासचिव एसपी शर्मा लगायत पार्टीका अन्य सदस्यहरू उपस्थित थिए। पार्टी सूत्रले दिएको जानकारीअनुसार उक्त सत्याग्रह गोर्खाल्याण्ड पद यात्रा अवधि सडक नाटक मार्फत् पनि मानिसहरूलाई सचेत गराइने भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *