गोर्खालीगको केन्द्रीय समिति पुनर्गठन

मिरिक: अखिल भारतीय गोर्खालीगको केन्द्रीय समिती पुनर्गठन गरियो । पार्टीका केन्द्रीय प्रवक्ता सञ्जय ठकुरीले यसबारे जानकारी दिँदै गत 19 जुलाईको दिन दार्जीलिङमा बसेको सभाले चर्चा गर्दै केन्द्रीय समितिलाई पुनर्गठन गरिएको बताए। तिनले दिएको जानकारी अनुसार 24 जनाको केन्द्रीय समिति तयार गरिएको छ । तिनले दिएको थप जानकारी अनुसार सभाले श्रीमती भारती तामाङ्लाई अध्यक्ष, लक्ष्णमण प्रधान र उगम लामा उपाध्यक्ष, एसके प्रधान कार्यकारी अध्यक्ष, केन्द्रीय समिति सचिवमा मिलन थोकर, सह सचिव फुर्बा लामा चयन भएका छन्।


यसैगरी, विप्लव राई कार्यकारी सचिवमा चयन भए भने सञ्जय ठकुरी केन्द्रीय प्रवक्ताका रूपमा चयन गरिएको बताइएको छ। केन्दीय प्रवक्ता सञ्जय ठकुरीले जनाए अनुसार पार्टीको नयाँ केन्द्रीय समिति गठनको सम्पूर्ण विवरणसहित देशको मुख्य चुनाउ आयुक्त, भारतलाई पत्रचार गरिएको छ। अब सक्रिय रुपमा साङ्गठनिक रुपले राजनैतिक गतिविधिलाई पनि अघि बढाएर लैजाने तिनले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *