गोर्खा परदेशी परिवार गुरुग्राम हरियाणाद्वारा वरिष्ठ सङ्गीतकार राजु सुन्दासलाई संवर्द्धना

खरसाङ (निसं): गोर्खा परदेशी परिवार गुरुग्राम हरियाणाद्वारा खरसाङका वरिष्ठ सङ्गीतकार, सङ्गीत संयोजक राजु सुन्दासलाई संवर्द्धना जनाइयो। गायक बिनोद लाबरको वासस्थानमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष दर्पण तामाङ, महासचिव गोपाल खत्री, सत्यम थापा, संजीव गहतराज, धिरेन शासंकर, लक्की तामाङ, भीम सुनार, रमेश सेवा अनि गायक लाक्पा छिरिङ तामाङको उपस्थितिमा वरिष्ठ सङ्गीतकार युवराज सुन्दासलाई संवर्द्धना जनाइयो। साङ्गीतिक भ्रमणमा दिल्ली पुगेका सुन्दासले नेपाली सङ्गीत जगतलाई कालजयी गीतहरू दिएर धनी तुल्याएको साथै नेपाली सङ्गीतमा तिनले दिएको योगदानको कदर गर्दै तिनलाई संवर्द्धना जनाइएको जानकारी प्राप्त भएको छ। वरिष्ठ सङ्गीतकार राजु सुन्दासको धेरैवटा गीतहरूमध्ये “कसको माया कसको मोह”, “फेरि फेरि तिमीले मलाई” जस्ता चर्चित छन्। यस्ता महान सङ्गीत साधक र साङ्गीतिक व्यक्तित्वलाई सम्मान गर्न पाउँदा गोर्खा परदेशी परिवारका सम्पूर्ण सदस्यहरू धेरै हर्ष महसुस गरेको जानकारी प्राप्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *