गोर्खा राष्ट्रिय युवा मोर्चा मझुवा शाखा गठन

खरसाङ : गोर्खा राष्ट्रिय युवा मोर्चाले आफ्नो साङ्गठनिक बिस्तारलाई अघि बढाउँदै आफ्नो शाखा-प्रशाखा गठन गर्ने प्रक्रियालाई तीव्र पारेको छ। गोरामुमो खरसाङ ब्राञ्च कमिटी अन्तर्गत सोनादा टुङ समष्टिमा मझुवा शाखा गठन गरेको छ। स्थानीय पुरण थापाको अध्यक्षता सम्पन्न सभामा गठन गरिएको मझुवा शाखा गोर्खा राष्ट्रीय युवा मोर्चाको सभापति छेवाङ तामाङ, उप सभापति रबिन थापा, सचिव कन्नु थापा, सहसचिव साहिल थापा लगायत 11 जनाको कार्यकारिणी सदस्यहरु चयन गरिएको छ।


यसको साथै तीनधारे सुकुना समष्टिको मन मजुवा क्षेत्रबाट बिमल राईलाई उक्त क्षेत्रको संयोजकको भार सुम्पिएको छ । उक्त सभामा सोनादा टुङ समष्टिका सभापति मदन छेत्री, खरसाङ ब्राञ्च कमिटी एचपीडब्लूयु महासचिव अदिप राई, गोरायुमो खरसाङ ब्राञ्च कमिटी अध्यक्ष संजोक गुरुङ, समष्टि गोरायुमो अध्यक्ष वाङ्दी शेर्पा,सचिव सन्तोष सुब्बा, सहसचिव प्रताप थापा, तीनधारे सुकुना समष्टि महासचिव प्रमोद थापा, अमित प्रधान,देवराज छेत्री,साङ्गे रुम्बा आदि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *