गोर्खा राष्ट्रिय युवा मोर्चाको साङ्गठनिक सभा मङ्पूमा

मङ्पू (निसं): गोर्खा राष्ट्रिय युवा मोर्चा खरसाङ ब्राञ्च कमिटी अन्तर्गत मङ्पू लाठपञ्चर समष्टि अन्तर्गत मङ्पू अगमसिंह गिरी सार्वजनिक भवनमा सभा सम्पन्न भयो। मङ्पु जोन गोरायुमो अध्यक्ष प्रदीप राईको अध्यक्षतामा सम्पन्न सभालाई ज्ञान्दीप चाम्लिङले सञ्चालन गरेका थिए। सभामा वर्तमान राजनैतिक परिवेशलाई लिएर चर्चा परिचर्चा गर्दै समष्टि गोरायुमोलाई बलियो बनाउनको निम्ति गोरायुमो मङ्पू लाठपञ्चर समष्टिको निम्ति सर्वसम्मतिले ज्ञानदीप चाम्लिङलाई संयोजक चयन गरियो।


सभामा समष्टि अध्यक्ष केबी गुरुङ, खरसाङ ब्राञ्च कमिटी प्रचार-प्रसार सचिव भुपेन गुरुङ, गोरामुमो सोनादा टाउन कमिटीका अध्यक्ष रुस्तम छेत्री ,गोरायुमो केन्द्रीय समिति को-अर्डिनेटर संजोक गुरुङ, मङ्पू जोनल अध्यक्ष कैलाश पाख्रीन, गोर्खा एकता चालक संगठनका अध्यक्ष सागर राई, उपाध्यक्ष रबिन गुरुङ, आरबी प्रधान अल्बर्ट घिसिङ, गणेश ठकुरी, गोरायुमो मिरिक ब्राञ्च कमिटी सचिव निश्चल थापा, दिपराज रसाइली लगायत चारै वटा ब्राञ्च कमिटीका प्रतिनिधिहरूको उपस्थित रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *