गोर्खा राष्ट्रिय युवा मोर्चा कालेबुङ ब्राञ्च कमिटीद्वारा कालेबुङमा पोस्टरिङ

कालेबुङ : केन्द्रको भाजपा सरकारले चुनाउको समयमा गोर्खाहरूसित गरेको वाचा चाँडै पुरा गर्नुपर्ने माग गर्दै गोर्खा राष्ट्रिय युवा मोर्चा कालेबुङ ब्राञ्च कमिटीले आज कालेबुङ बजारमा व्यापक पोस्टरहरू टाँसेको देखियो। चुनाउको समयमा केन्द्रको भाजपा सरकारले गोर्खाहरूसित गरेको वाचा चाँडै पुरा गर्नुपर्छ। गोर्खाहरूले दिएको आफ्नो बहुमूल्य मतको कदर गर्दै केन्द्र सरकारले गोर्खाहरूसित वाचा चाँडै पुरा गरोस् भन्ने माग गर्दै आज कालेबुङ बजारमा पोस्टरहरू टाँसेको गोरायुमो कालेबुङ ब्राञ्च कमिटीका अध्यक्ष बुद्ध तामाङले बताए।


तिनले बताएअनुसार केन्द्रको भाजपा सरकारमाथि आफूहरूले विश्वास गरेका छौं। अब केन्द्र सरकारले पनि पूर्ण इमानदारिताको साथमा गोर्खाहरूको राजनैतिक समाधान गरैकै हुनुपर्छ। हामीलाई आर्थिक प्याकेज होइन हामीलाई राजनैतिक समाधान चाहिन्छ। गोर्खाहरूलाई आफ्नै भूमिमा आफ्नै तरिकाले जिउने संवैधानिक अधिकार चाहिन्छ। जनताहरू निराश भइसकेकोले अब 2024 भन्दा अगावै हाम्रो राजनैतिक समाधान हुनपर्छ भनी बुद्ध तामाङले आफ्नो विज्ञप्तिमार्फत् जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *