गोर्खा सांस्कृतिक संस्थान खरसाङले नयाँ वर्ष पालन गर्दै वरिष्ठ व्यक्तिहरूलाई संवर्द्धना जनाइने

 


खरसाङ : गोर्खा सांस्कृतिक संस्थान खरसाङको एउटा सभा संस्थानकी अध्यक्ष आशा मुखिया लामाको अध्यक्षतामा सम्पन्न भयो। सभाको निर्णय अनुसार यस वर्ष संस्थानले पहिलो वैशाख 2079 तदानुसार 14 अप्रेल 2022 को दिन प्रत्येक वर्ष झैं स्थानीय सेती देवी मन्दिर र पौराणिक बौद्ध गुम्पावर्ध्दवान पथमा पूजा -अर्चना गरेर नव वर्षलाई सहृदय स्वागत जनाउँदै गोर्खा सांस्कृतिक संस्थान खरसाङको पक्षबाट जातीय एकता, अखण्डता र संस्कृति संरक्षणको निम्ति खरसाङका सम्पूर्ण संघ-संस्थाहरूलाई लिएर पहिलो वैशाख पालन गर्ने गरिने भएको छ। पहिलो वैशाखको दिन खरसाङका सम्पूर्ण संघ- संस्थाहरूलाई लिएर सांस्कृतिक शोभायात्रा स्थानीय खरसाङ रेलवे स्टेशनबाट बिहान 10.30 बजेदेखि आरम्भ गरी पालन गर्ने निर्णय गरिएको छ। सभामा नववर्ष 2079 को अवसरमा यस वर्ष संस्थानले रंगशालाभित्र मनोरञ्जनात्मक सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ भने यहाँको रंगशाला भवनहरू पहिलो र दोस्रो वैशाखमा खाली नभएकोले आगामी 3 गते वैशाख 2079 तदानुसार 16 अप्रेलमा “सम्वर्द्धना अनि साङ्गीतिक समारोह” सम्पन्न गर्ने निर्णय गरिएको छ। त्यसरी नै गोर्खा नव वर्ष 2079-को उपलक्ष्यमा गोर्खा सांस्कृतिक संस्थानले आफ्ना संस्थापक अनि नियमित वरिष्ठ सदस्यहरूलाई तिनीहरूको जातीय सांस्कृति प्रेम अनि संस्थान प्रतिको अगाध माया र समर्पणको मुल्याङ्कन गर्दै संवर्द्धना जनाइने छ। यसैगरी, संगीत, गायन, नृत्य जस्ता विभिन्न क्षेत्रहरुमा निरन्तर रहेर जातीय संस्कृति संरक्षण र संवर्द्धनमा टेवा पुर्याउने वरिष्ठ संगीतकार, गायककार, नृत्यकारहरूलाई पनि गोर्खा नववर्ष 2079 को उपलक्ष्यमा सम्मान जनाइने छ भनी गोर्खा सांस्कृतिक संस्थान खरसाङकी अध्यक्षा आशा मुखिया लामाले जानकारी गराएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *