गोर्खा सुपुत्र डीबी सुनवार र जीतु राईलाई मेडलद्वारा सम्मानित गरिने

सिलगढी : भोलि गणतन्त्र दिवसको अवसरमा पश्चिम बंगाल पुलिस विभागमा कार्यरत डम्बर सिहं सुनवारलाई पुलिस मेडलद्वारा राष्ट्रपतिको बाहुलीबाट सम्मानित गरिने भएको छ। डम्बर सिंह सुनवार हाल पश्चिम बंगाल पुलिस विभागको एडिशनल डेपुटी कमिश्नर (ट्राफिक) सिलगढी पुलिस कमिश्नरेटमा कार्यरत छन्। तिनले आफ्नो सेवा कार्यकालमा पुर्‍याएको अमूल्य योगदानलाई कदर गर्दै सरकारले उक्त पुलिस मेडलद्वारा सम्मानित गरिएको बताइएको छ। पुलिस अधिकारी डम्बर सिंह दार्जिलिङ जिल्लाका मिरिक निवासी हुन्। तिनलाई यस प्रकारको पुलिस मेडल दिने समाचारले मिरिक क्षेत्र लगायत सिलगढी मेट्रोपोलिटन पुलिसमा खुसीको माहौल छाएको छ।


यसैगरी, भारतीय खेलको गौरव तथा गोर्खा पुत्र जीतु राईलाई पनि भोलि नयाँ दिल्लीमा आयोजित हुने गणतन्त्र दिवसमा विशिष्ट सेवा मेडलद्वारा सम्मानित गरिने भएको छ। राजीव गाँधी खेल रत्न मेडलद्वारा अगावै सम्मानित भइसकेका भारतीय गौरव जीतु राई भारतीय गोर्खा सेनाको पनि एकजना प्रमुख गौरव हुन्। तिनले देशको निम्ति सुटिङमा विभिन्न अन्तर्राष्ट्रिय मेडलहरू हत्याइसकेका छन्।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *