गोर्खे व्यापारी संगठनद्वारा सोनादा बजारमा सेनिटाइज

सोनादा : कोरोना महामारीलाई केही हदसम्म भएता पनि निर्मूल होस् भन्ने उद्देश्य लिएर सोनादा गोर्खे व्यापारी संगठनद्वारा दार्जीलिङ अग्निशमन विभागको सहयोगमा आज सोनादा बजारमा सेनेटाइज गरियो। उक्त सेनिटाइज कार्य सोनादा बजारको सरस्वती डाँड़ादेखि प्रशान्ती ग्रामसम्म गरिएको छ। उक्त सेनिटाइजको कार्य विशेष गरी ब्याङ्क,एटीएम, स्टेशन क्षेत्र आदि जस्ता भीडभाड हुने स्थानहरूमा गरिएको छ। उक्त सेनेटाइज गर्ने कार्य सरस्वती डाँडादेखी शुरू गरेर यहाँको डीबी रोड, ग्यारेज लाइन हुँदै पेट्रोलपम्पसम्म सम्पन्न गरिएको थियो। उल्लेख्य छ, सोनादामा व्यापारिक सङ्गठन धेरै वटा छन् तर कोरोना महामारीमा सोनादा व्यापारी संगठनद्वारा पहल गरी सोनादा बजारमा सेनिटाइज गरिएको छ। सेनिटाइजको कार्यपछि पत्रकारहरूसित कुराकानी गर्दै सोनादा व्यापारिक संगठनका सचिव राजेन छेत्रीले यो महामारीको समयमा जनताले आ – आफ्नो जिम्मेवारी वहन गरिदिने, मास्क लगाइदिने, सेनेटाजर प्रयोग गरिदिने, भीडभाड़ नगरिदिने, ब्यक्तिगत दूरी कायम राखीदिने साथै सोनादा परिसरमा मैला जताभावी नफ्याँकिदिने र स्वाच्छ सोनादा बनाउने आह्वान् पनि गरेका छन्। सचिव राजेन छेत्रीद्वारा सेनिटाइज कार्यको निम्ति अग्निशमन विभागप्रति आभार प्रकट गर्दै सोनादा चियाबारीहरूले घेरिएको क्षेत्र हो र अब तेस्रो लहर आउने निश्चित भएकोले सबैले मास्क लगाउने, भीड़ नगर्ने, सामाजिक दूरीको नियमलाई पालन गर्ने, पुलिसको डरले मात्रै मास्क लगाउने होइन तर सदैव मास्क लगाउने आह्वान् गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *