गोर्खे चेली गिन्नी विश्वकर्मको हत्यारालाई पक्राउ गर्ने कङ्ग्रेसको माग

कालेबुङ: डुवर्सको मानाबारी चियाकमान निवासी 17 वर्षीय नाबालिका गोर्खे चेली गिन्नी विश्वकर्मको गत 25 जनवरीको दिन दुष्कर्म गरेर निर्मम हत्या गरेकोमा कालेबुङ जिल्ला कङ्ग्रेसले उक्त घटनाको घोर विरोध जनाएको छ। कालेबुङ जिल्ला कङ्ग्रेसको तर्फबाट आज शिबु छेत्रीले कालेबुङमा एउटा पत्रकार सम्मेलन गरेर उक्त घटनाको विरोध जनाउँदै आरोपी असमाजिक कुतत्वलाई चाँडोभन्दा चाँडो पक्राउ गरेर कठोर सजाय दिनुपर्ने माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *