गोर्खे तथा समान्देनमा कोरोना टीकाकरण शिविर

रिम्बिक: दार्जिलिङ जिल्लाको सबैभन्दा दुर्गम क्षेत्र तथा पर्यटन स्थल गोर्खे, समान्देनमा बिजनबारी ग्रामीण अस्पतालको सहयोग तथा सिंहलिला हेल्थ केयर सेन्टरको आयोजनामा कोरोना टीकाकरण शिविरको आयोजना गरियो। बिजनबारी ग्रामीण अस्पतालका खण्ड स्वास्थ्य अधिकारी अन्सोल चौधरीको मुख्य उपस्थितिमा आयोजित शिविरमा गाउँका मानिसहरूले कोरोनाको पहिलो खोप लगाए। उक्त शिविरको आयोजना गरिएकोमा तिनले रिम्बिक सिंहलिला हेल्थ केयर सेन्टरलाई आभार प्रकट गरेका छन्। यसको साथै निःशुल्क स्वास्थ्य शिविरको पनि आयोजना गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *