गोरामुमो त्यागेर 32 परिवार गोजमुमो-मा सामेल

रिम्बिक: गोरामुमो-को गड़ मानिने बड़ाहट्टा शेर्पा गाउँका कर्मठ गोरामुमो नेत्री नुरी शेर्पा अनि पालमजुलाका शंकर सेवाको नेतृत्वमा आज 32 घर परिवार गोजमुमो विनय खेमामा सामेल भएका छन्। गोजमुमो बिनय तामाङ अनि अनित थापाको नयाँ सोँच र नयाँ विचार साथै रिम्बिक लोधोमा समष्टि सभापति नोर्देन शेर्पाको नेतृत्वमा समष्टिभरिमा गरिएको विकास कार्यले गर्दा आज गोजमुमोमा सामेल भएको तिनीहरूले बताए। समष्टि सभापति नोर्देन शेर्पाले दलीय झण्डा प्रदान गरेर नयाँ सामेलकारीहरूलाई आफ्नो पार्टीमा स्वागत जनाए। यस अवसरमा बुथ सभापति सुदेश गुरुङ, समष्टि महासचिव मिलन प्रधान, उपसभापतिद्वय गंगाप्रसाद दाहाल, टासी शेर्पा, समष्टि युवा अध्यक्ष विजय चौहान, सचिव नवीन राई, खन्जु शेर्पा लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *