गोरुबथान ब्लक अन्तर्गत माइपाते गाउँमा रक्तदान शिविर

सुकेपोखरी : थापसाङ गैर सरकारी संस्था र गोर्खा च्यारिटेबल हस्पिटल तथा सिलगढी रोटेरी ब्लड ब्याङ्कको संयुक्त पहलमा आज गोरूबथान ब्लकको माइपातेमा रक्तदान शिविरको आयोजना गरियो। रक्तदान गरौं कसैको अमुल्य जीवन बचाऊ-को सिद्धान्तलाई आत्मसात गर्दै आयोजना गरिएको रक्तदान शिविरमा 9 जना महिलासहित 38 जनाले रक्तदान गरे। गोरुबथान ब्लक अन्तर्गत दुर्गम क्षेत्र मानिएको माइपातेमा प्रथमपल्ट रक्तदान शिविर आयोजना गर्नु थापसाङ्ग गैर सरकारी संस्थाको सराहनीय पहल रहेको गोर्खा च्यारिटेबल हस्पिटलका सचिव सुरेन प्रधानले बताए। तीन महिनापछि पुनः रक्तदान शिविर लगायत आँखा जाँच, ब्लड ग्रुपिङ, सुगर टेस्ट, एक्युप्रेसर आदिबारे शिविरको आयोजना गरिने संस्थाको योजना रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *