गोरुबथान कलेजको विविध समस्याबारे गोजमुमो टोलीको कलेज इन्चार्जसित भेट वार्ता

गोरुबथान: गोरुबथान सरकारी महाविद्यालयमा भइरहेको विविध समस्यालाई लिएर आज गोर्खा जनमुक्ति मोर्चाको एउटा टोलीले महाविद्यालयका इन्चार्जसित भेट गरेर विद्यार्थीहरूले भोग्न परिरहेका विविध समस्याबारे लामो बहस अनि चर्चा गरियो । कलेज लागेर पनि प्रध्यापकहरु पढाउन नआउने, पिउने पानीको समस्या, पुस्तकालयको परिचय पत्र, शौचालय लगायत अफिसर इन्चार्ज नै महिनामा लगभग 25 दिन कलेजदेखि बाहिर रहनु आदि विषयमा कुराकानी भएपछि आगामी शैक्षिक सत्र लाग्न अघि सबै समस्याको समाधान गर्ने वचन अफिसर इन्चार्जले प्रतिनिधि टोलीलाई दिएको बताइएको छ। तथापि उक्त समस्याको जानकारी गराउन साथै समस्याको जड नै अफिसर इन्चार्ज रहेकोले तिनलाई नै यहाँबाट स्थानान्तरण गराउन माग गर्दै बंगालकी मुख्यमन्त्री, शिक्षामन्त्री र डीपीआई-लाई पत्राचार गरेर यथाशीघ्र समस्याको समाधान गर्ने गोजमुमो सह सचिव अनिल लोप्चनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *