गोरूबथान घटनाको बिमलपन्थीका प्रवक्ता दिपेन्द्र देवानद्वारा विरोध

खरसाङ : गोरूबथान घटनाको बिमलपन्थी गोजमुमो खरसाङ महकुमा समितिको प्रवक्ता दिपेन्द्र देवानले पनि विरोध जनाएका छन्। तिनले आज खरसाङमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर हामी गाँधीवादी नीतिमा अघि बढिरहेका छौं तर हाल नयाँ विचार र नयाँ सोँचकाहरूले हिजो कालेबुङमा जनसभा गरेर गोरुबथानको मानजिङ निवासी हाम्रा युवा मोर्चाका को-अर्डिनेटरको घरमा गएर तोड़फोड र कुटपीट गरेको घटनाको घोर भर्त्सना जनाएका छन्। युवा मोर्चाका को-अर्डिनेटरलाई नभेटेपछि तिनकी स्वास्नीलाई कुटपीट गरेको आरोप लगाउँदै तिनले यस्तो निन्दनीय घटनाको बिमलपन्थी गोजमुमो खरसाङ महकुमा समितिद्वारा घोर भर्त्सना जनाउँदै भनी बताए। यसको साथै तिनले यस्ता कुतत्त्वहरूलाई पुलिसले पक्राउ गरेर कठोर कार्वाही गरिनुपर्ने माग पनि गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *