गोरूबथान घटनाको विरोधमा नारी मोर्चाद्वारा खरसाङ थानामा प्राथमिकता दर्ता

खरसाङ : कालेबुङ जिल्ला अन्तर्गत गोरूबथानको पुबुङ निवासी सलिम सुब्बा र परिवारमाथि भएको हमलाको विरोध गर्दै आज बिमलपन्थी नारी मोर्चा खरसाङ महकुमा समितिद्वारा खरसाङ पुलिस थानामा प्राथमिकी दर्ता गरेको छ। नारी मोर्चाका खरसाङ महकुमा समितिको तर्फबाट आज खरसाङ थानामा प्राथमिकी दर्ता गर्दै उक्त घटनामा लिप्त दोषीहरूलाई झट्टै पक्राउ गरिनु पर्ने माग गरेको छ। यदि पक्राउ नगरिए नारी मोर्चा सड़कमा ओर्लिने चेतावनी दिएको छ। खरसाङ पुलिस थानामा प्राथमिकता दिएपछि पत्रकारहरूसित कुराकानी गर्दै बिमलपन्थी नारी मोर्चाका खरसाङ महकुमा समितिका सभापति शान्ती राईले कालेबुङको गोरूबथानमा भएको घटनाको विरोधमा आज हामी नारी मोर्चाका खरसाङ टाउन कमिटी र खरसाङ महकुमा समितिको तर्फबाट खरसाङ थानामा प्राथमिकता दर्ता गरेको बताएका छन्। तिनले हामी न्याय चाहान्छौं, हामी तबसम्म विरोध जनाउनेछौं जबसम्म न्याय पाउँदैनौं भन्दै जीटीए 2 का समर्थकहरूले यो कार्य गरेको आरोप लगाए। शान्ती राईले हामी शान्ती चाहान्छौं, शान्तिसित जीउन पाउनुपर्छ भन्दै घरमा तोड़फोड गरिएको र सामानहरू पनि चोरी भएको साथै अदुवा रोपिएको बारीमा गाडी कुदाएर नष्ट गरिदिएको आरोप लगाएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *