गोरूबथानको अम्बियोक स्कुलमा विद्यार्थीहरूलाई कोरोनाको खोप

गोरूबथान : गोरूबथानको अम्बियोक उच्च माध्यमिक विद्यालयमा आज मङ्गलबार 15 देखि 18 वर्ष उमेर पुगेका विद्यार्थीहरूलाई कोरोनाको भ्याक्सिन लगाइयो। स्कुलका शिक्षक स्वराज राईले दिएको जानकारीअनुसार आज 100 जना 15 देखि 18 वर्ष उमेर पुगेका विद्यार्थीहरूलाई कोरोनाको को-भ्याक्सिन लगाइयो भने भोलि 5 जनवरीको दिनमा पनि भ्याक्सिन शिविरको आयोजना गरिएको छ। त्यसर्थ, विद्यार्थीहरूले बिहान 9 बजी स्कुलमा आधार कार्ड अनि मोबाइल फोन नम्बर लिएर उपस्थित हुन पर्नेछ। आधार कार्ड नहुने विद्यार्थीहरूले रासन कार्ड अथवा स्कुलमा डीसीएफ भर्दा दिइने 14 डिजिटको स्टुडेन्ट कोड लिएर आउनुपर्ने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *