गोरूबथानको अप्पर फागुमा गोजमुमो विनय खेमाको चुनाउ प्रचार

गोरुबथान: आगामी विधानसभा चुनाउलाई केन्द्र गर्दै कालेबुङ जिल्लाको 46 नम्बर समष्टि अन्तर्गत गोरूबथानको अप्पर फागुमा आज गोर्खा जनमुक्ति मोर्चा विनय खेमाको चुनावी सभा सम्पन्न भयो। सभालाई सम्बोधन गर्दै गोजमुमो केन्द्रीय कोर कमिटी सदस्य तथा कालेबुङ आसनको लागि पार्टीका सम्भावित प्रार्थी रूदेन लेप्चाले हामी अरूलाई गाली गर्न होइन तर हाम्रो विचारधारा र दर्शनलाई तपाईंहरूसमक्ष बताउन आएका बताए। तिनले भने, “तपाईहरूले मलाई विश्वास गरेर, मैले तपाईंहरूको समस्याबारे केही बोलिदिन्छ भनेर सम्झिनुभयो। त्यसैकारण आज रुदेन लेप्चालाई केही हदसम्म तपाईले नेताको रूपमा पनि देख्नुहुन्छ। यो तपाईंहरूको मप्रतिको विश्वास हो, माया हो, आत्मीयता हो। यसै माया, विश्वास र आत्मीयतालाई  शिरोपर गर्दै मैले मौका र परिस्थिति आएको खण्डमा तपाईंको साथमा हुनेछु भन्ने कुरामा म विश्वस्त छु। यसरी तपाईहरूसँग जोडिन पाउँदा म आफैलाई भाग्यमानी ठहर गर्छु। म साधारण व्यक्ति हुँ कि मैले तल्लो तहबाट संघर्ष गरेर अघि आएँ।

यसोसले मानिसको विश्वासनीयतालाई कायम राख्नु मेरो पहिचान हो। समाजसँग जोडिन्दा उच्च अहोदा र मान-सम्मान खोज्ने होइन तर साधारण जनताको विचारसँग मिलेर अघि बढ्नुपर्छ। हामी असम्भव सपना देखाउँदैनौ तर हामी भन्छौँ कि हामी सम्भावनाभित्रका हरेक काम गरिनिकाल्छौँ।तिनले अब सही बीउ छरेर फसल फलाउने बेला आएको बताउँदै यसपालीको चुनावी मौसममा समयानुसारको बीउ छरेर पहाडको शान्ति, विकास,एकता र सर्वाङ्गीण विकासको यात्रामा सहभागी बन्ने अपिल गरे। केन्द्र सरकारले जसरी सरकार नियन्त्रित उद्योगहरूलाई निजीकरण गरिरहेको छ यस प्रकारको नीतिले चियाबगान, सिन्कोनाकमानलाई पनि भविष्यमा नराम्रो प्रभाव पार्छ। यसबारे अब कमानवासीहरू पनि सचेत र सतर्क रहेर भाजपालाई जिताउने गल्ती नदोहोर्या उने तिनले आग्रह गरे। गोजमुमो 46 नम्बर समष्टि अध्यक्ष पेमा लामाको अध्यक्षतामा सम्पन्न सभामा गोजमुमो केन्द्रीय कोर कमिटी सदस्य रूदेन लेप्चा प्रमुख वक्ताको रूपमा उपस्थित थिए। यसवाहेक, सभामा समष्टि सचिव रतन थापा, गोजमुमो गोरूबथान महकुमा समिति अध्यक्ष एचबी छेत्री, गोजयुमो केन्द्रीय समिति सदस्य अनुप गदाल, युवा मोर्चा अध्यक्ष अनुप गुरुङ, सनम थापा, अजय प्रधान 43, 44 र 45 नम्बर समष्टिका पार्टी प्रतिनिधिगण, भ्रातृ सङ्गठनका प्रतिनिधिहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoultrabetsekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişsezarcasinojojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes