गोरूबथान शेर्पा गाउँका 7 जना गोजमुमो छोडेर भागोप्रमो-मा सामेल

गोरूबथान: कालेबुङ जिल्लाको गोरूबथान ब्लकको शेर्पा गाउँका 7 जना सदस्यहरुले लाक्पा टाँशी शेर्पाको अगुवाईमा हाल बिमल गुरुङ गोरुबथान क्षेत्रको भ्रमणमा रहेको समयमा नै गोजमुमो छोडेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। आज समर्थन गर्नेहरुमा लाक्पा टाँशी शेर्पा, नीमा छिरिङ शेर्पा, साङ्गे शेर्पा, थुप्देन भुटिया, मिङ्मा छिरिङ शेर्पा, नर्बु शेर्पा, छेडुप शेर्पा आदि रहेका छन्। तिनीहरूले समष्टिका सभापति पेमा योञ्जन तथा सचिव रतन थापा को हातबाट पार्टीको झन्डा ग्रहण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *