गोरूमारा र पानीझोडा जङ्गलमा आगलागी

नगरकट्टा: राष्ट्रिय राजमार्ग 31 अवस्थित गोरुमारा जङ्गल अनि पानीझोडा जङ्गलको दुई ठाउँमा आगो लागेपछि वन्य पशु प्राणीहरूको लागि खतरा उत्पन्न भएको छ। आज अपरान्ह नगरकट्टा ब्लकको गोरुमारा जङ्गल अनि पानीझोडा जङ्गलमा भयावह आगो लाग्यो। आगो के कारणले अनि कसले लगायो भन्नेबारे कुनै जानकारी पाइएको छैन्। पर्यावरण प्रेमीहरू अनुसार जङ्गलमा धेरै वन्य जीव-जन्तुहरू रहेकोले आगो लाग्नबाट जोगाउन अति आवश्यक छ किनभने वन्य जीव-जन्तु यसको चपेटमा पर्न सक्नेछ। वन विभागलाई यसबारे चाँडै उचित पदक्षेभ लिइदिने तिनीहरूले अनुरोध गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *