गौतम देवद्वारा अभिभावकहरूलाई पाठ्य लगायत खाद्य सामग्रीहरू प्रदान

सिलगढी : सिलगढी नगरनिगमका प्रशासक गौतम देवले राज्य सरकारद्वारा सिलगढी देशबन्धु विद्यापीठ उच्चतर बालिका विद्यालयका छात्राहरूको लागि प्रदान गरेको सर-समानहरू जस्तै पोशाक, जुत्ता, पाठ्य सामग्री लगायत खाद्य सामग्रीहरू आज तिनीहरूका अभिभावकहरूको हातमा सुम्पिदिए। यसको साथै तिनले उक्त स्कुलको परिभ्रमण गरेर स्कुलको आँगनमा रुखका विरुवाहरू रोपे। यस अवसरमा गौतम देवले भने, सिलगढी सहरमा 10 हजार रुखका विरुवाहरू लगाइने साथै वन विभागको सहयोगमा विभिन्न शिक्षा प्रतिष्ठानहरू लगायत खुल्ला ठाउँहरूमा रुखको विरुवा रोप्ने प्रयास गर्ने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *