गौतम देवद्वारा डाबग्राम-फुलबारीमा चुनाउ प्रचार शुरू

सिलगढी : डाबग्राम-फुलबारी विधानसभा केन्द्रका तृणमूल कङ्ग्रेस प्रार्थी गौतम देवले आज चुनाउ प्रचार शुरू गरे। तिनले आज पार्टीका कार्यकर्ता तथा समर्थकहरूलाई साथमा लिएर डाबग्राम-फुलबारी विधानसभा केन्द्रको प्रत्येक दोकान एवम् घर-घर पुगेर चुनाउ प्रचार गर्नको साथै स्थानीय मानिसहरूसित कुराकानी पनि गरे। यस अवधि तिनले कोरोना परिस्थितिमा स्थानीय मानिसहरूको साथमा रहेर तिनीहरूलाई विविध सहयोग गरेको भन्दै आगामी दिनमा पनि तिनीहरूको साथमा सदैव रहने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *