गौतम देवद्वारा फुलबारी उच्च विद्यालयमा अल्पसंख्यक छात्रावासको उद्घाटन साथै सबुज साथीको साइकल वितरण

राजगञ्ज : फुलबारी उच्च विद्यालयमा अल्पसंख्यक छात्रावासको उद्घाटन गर्नको साथै सबुज साथी परियोजना मार्फत् साइकल वितरण गरियो। सिलगढी नगरनिगमका प्रशासक गौतम देवले राजगञ्ज ब्लकको फुलबारी उच्च विद्यालयको 14 वटा रूम विशिष्ट अल्पसंख्यक छात्रावासको उद्घाटन गर्नको साथै दसौँ श्रेणीका विद्यार्थीहरूलाई सातौँ चरणमा सबुज साथी परियोजनामार्फत् 248 वटा साइकल वितरण गरे। यस सम्बन्धमा गौतम देवले भने, राज्य सरकारको अल्पसंख्यक विकास विभागको तर्फबाट 1 करोड 25 लाख रुपियाँको लागतमा उक्त छात्रावासको निर्माण गरेको हो।


उक्त दुईतले छात्रावासमा 50 जना छात्रहरू बस्न सक्नेछन्। यस अवसरमा जलपाईगढी प्राथमिक शिक्षा संस्थाका चेयरम्यान लक्ष्यमोहन राय, राजगञ्ज पञ्चायत समितिका सभाधिपति पूर्णिमा राय, जलपाईगढी जिल्ला परिषद्का शिक्षा अधिकारी देवाशीष प्रामाणिक, जलपाईगढी अल्पसंख्यक अधिकारी सिद्धार्थ सुब्बा, डाबग्राम फुलबारी ब्लक सभापति सागर महन्त लगायत विद्यालयका शिक्षक-शिक्षिकाहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *