गौतम देवद्वारा गजलडोबामा 14 परिवारलाई जमिनको पट्टा प्रदान

राजगञ्ज : गजलडोबास्थित भोरेर आलोमा स्टिलको ब्रिज तयार गर्ने उद्देश्य लिएर यहाँ बसोबास गर्ने 14 परिवारलाई अन्य ठाउँमा पुर्नवासको लागि राज्य सरकारद्वारा पट्टा प्रदान गरियो। गजलडोबाको हावा महलमा एउटा कार्यक्रमबीच राज्यका पर्यटन मन्त्री गौतम देवले उक्त 14 परिवारलाई जमिनको पट्टा प्रदान गरे। स्मरण रहोस्, गजलडोबाको पर्यटन केन्द्र भोरेर आलोमा स्टिलको ब्रिज निर्माण गरिरहेको छ। भोरेर आलो नजिक भएर बग्ने टिस्टा क्यानलमाथि उक्त स्टिलको ब्रिज लगभग 80 करोड रुपियाँको लागतमा तयार भइरहेको छ। उक्त ब्रिज निर्माण गर्नको लागि मोठ 14 परिवारको जमिन क्षतिग्रस्त भएकोले राज्य सरकारले तिनीहरूको पुर्नवासको लागि जमिनको पट्टा लगायत नगद रुपियाँ प्रदान गरेको बताइएको छ। यस अवसरमा राजगञ्जका विधायक खगेश्वर राय, पञ्चायत समितिका सभापति पुर्णिमा राय, बीडियो एनसी शेर्पा, बीएलएलआरओ रूपक चन्द्र भावेल मुख्य रूपमा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *