गौतम देवद्वारा सिलगढीको विभिन्न वार्डमा चुनाउ प्रचार

सिलगढी : पूर्व मन्त्री तथा तृणमूल प्रार्थी गौतम देवले आज सिलगढी सहरको विभिन्न वार्डमा चुनाउ प्रचार गरे। गौतम देवले आज बिहान पार्टीका कार्यकर्ताहरूलाई साथमा लिएर सिलगढीको 33 नम्बर वार्डको घर-घरमा गएर चुनाउ गरे। यसको साथै आज दिउँसो तिनी 6 नम्बर वार्डमा पुगेर त्यहाँका मानिसहरूसित कुराकानी गरे। यस अवसरमा तिनले भने, सबै वार्डहरूमा गएर मानिसहरूसित कुराकानी गरे। यस अवधि मानिसहरूबाट राम्रो प्रतिक्रिया पाएको बताउँदै तिनले आगामी सिलगढी नगरनिगम चुनाउमा तृणमूल कङ्ग्रेसले जीत हासिल गरेर बोर्ड गठन गर्ने बताए। सीपीएमले केवल 3-4 वटा आसन पाउने साथै अशोक भट्टाचार्य पराजित हुने तिनले दावी गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *