गौतम देवको समर्थनमा फुलबारीमा बाइक र्‍यालीको आयोजना

राजगञ्ज : विधानसभा चुनाउको अन्तिम क्षणमा विभिन्न राजनैतिक पार्टीका उम्मेद्वारहरूले लगातार चुनाउ प्रचार गरिरहेका छन्। यसै क्रममा आज डाबग्राम-फुलबारी विधानसभा आसनका प्रार्थी गौतम देवको समर्थनमा बाइक र्‍यालीको आयोजना गरियो। फुलबारी 2 नम्बर ग्राम पञ्चायतको बानियापाडाबाट बाइक र्‍याली निकालेर छटप्रधान पाडा हुँदै जटियाकाली लगायत फुलबारीको विभिन्न इलाकाको परिक्रमा गर्यो। उक्त र्‍यालीमा डाबग्राम-फुलबारी विधानसभा आसनका प्रार्थी गौतम देव, जलपाईगढी जिल्ला परिषद्का सदस्य देवाशीष प्रामाणिक, फुलबारी 2 नम्बर ग्राम पञ्चायत प्रधान दिलीप राय, अञ्चल सभापति रबिउल करिम लगायत तृणमूलका कार्यकर्ता तथा समर्थकहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *