गौतम देवले गरे गजलडोबामा विभिन्न विभागका अधिकारीहरूसित बैठक

राजगञ्ज : राज्यका पर्यटन मन्त्री गौतम देवले आज डुवर्सको गजलडोबा हावा महलमा विभिन्न विभागका उच्च अधिकारीहरूसित एउटा बैठक गरे। कोरोना संक्रमणलाई रोकथाम गर्न लकडाउन जारी गरिएकोले गजलडोबाको भोलेर आलोको कतिपय निर्माण कार्य मन्द गतिमा चलिरहेको थियो। अनलक पिरियडमा उक्त कार्यको गति बढाउने उद्देश्य लिएर बैठकको अन्तमा मन्त्री देवले भोरेर आलोमा हेल्थ केयर, थाना, हात्ती नाला, बोटिङ, अर्किड पार्क एवम् भोरेर आलोको लागि छुट्टै महकुमाशासकको कार्यालय बनाउने भएको छ। यहाँ गल्फ कोर्स बनाउने भावी योजना रहे तापनि हाल यसको निर्माण कार्य नगरिने भएको छ। मियावाकी पद्धतिद्वारा कृत्रिम फरेस्ट तयार पारेर बर्ड जोन बनाइने छ। हाल यहाँ 20 वटा कटेजको निर्माण कार्य पनि चलिरहेको छ भने यसमध्ये 5 वटा कटेज निर्माण भइसकेको बताइएको छ। यसबाहेक, हालसम्म भारतको कुनै ठाउँमा निर्माण नगरिएको भूमिगत कटेज भोरेर आलोमा मोठ 26 वटा बनाइने भएको छ। भोरेर आलोलाई पूर्ण रूपमा सजाइने योजना रहेको पनि मन्त्री देवले बताए। आजको बैठकमा प्रशासनिक अधिकारीहरू लगायत स्वास्थ्य विभाग, पुलिस, विद्युत विभाग, सिँचाई विभाग, वन विभाग, पीएचई एवम् लोक निर्माण विभाग तथा अन्य विभिन्न विभागका अधिकारीहरू पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *