गौतम देवले गरे फुलबारी-डाबग्राम विधानसभा क्षेत्रमा चुनाउ प्रचार

सिलगढी : फुलबारी-डाबग्राम विधानसभा आसनका तृणमूल प्रार्थी गौतम देवले आज 38 नम्बर वार्डस्थित मोड बजार संलग्न इलाकामा चुनाउ प्रचार गरे। तिनले आज पार्टीका कार्यकर्ता तथा समर्थकहरूको साथमा उक्त इलाकामा चुनाउ प्रचार गर्नको साथै स्थानीय मानिसहरूसित कुराकानी पनि गरे। चुनाउ प्रचार अवधि तिनले केही मानिसहरूलाई आलिङ्गन गरे भने केही मानिसहरूसित सेल्फी लिए। यस अवसरमा तिनले मानिसहरूसित कुराकानी गर्दै तिनीहरूको विविध समस्या सुनेपछि खातामा नोट गरे।


आउँदो विधानसभा चुनाउमा अन्यको तुलनामा विपुल मतले विजय हुने तिनले बताए। विरोधी पार्टीका उम्मेद्वारहरूले पनि डाबग्राम-फुलबारी विधानसभा क्षेत्रमा व्यापक रूपमा प्रचार-प्रसार गरिरहेकोबारे पत्रकारहरूले सोधिएको प्रश्नको जवाब दिँदै तिनले आफ्नो आसन क्षेत्रमा गौतम देवबाहेक अन्य कोही पनि हेभिवेट नेता नरहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *