गौतम देवले गरे र्‍यालीको माध्यमद्वारा फुलबारीमा चुनाउ प्रचार

राजगञ्ज : डाबग्राम-फुलबारी विधानसभा केन्द्रका तृणमूल कङ्ग्रेस प्रार्थी गौतम देवले आज एउटा र्‍यालीको माध्यमद्वारा चुनाउ प्रचार प्रसार गरे। तिनी आज बाजागाजाको साथमा पार्टीका कार्यकर्ता तथा समर्थकहरूलाई लिएर र्‍यालीको माध्यमद्वारा फुलबारी 2 नम्बर ग्राम पञ्चायतको सिपाईपाडा, छोभाभिटा, देउनियापाडाको घर-घर पुगेर चुनाउ प्रचार गरे। चुनाउ प्रचार अवधि तिनले स्थानीय मानिसहरूबाट राम्रो प्रतिक्रिया पाउनको साथै यहाँका मानिसहरूले तृणमूल कङ्ग्रेसलाई चाहेको बताए।


उक्त इलाकाहरूमा धेरैवटा विकासमूलक कार्यहरू भएको छ भने केही ठाउँहरूमा बाटो, बिजुली, पिउने पानीको व्यवस्था गर्नु पर्ने तिनले बताए। यस अवसरमा जलपाईगढी जिल्ला परिषदका शिक्षा विभागीय अधिकारी देवाशीष प्रमाणिक, ग्राम पञ्चायता प्रधान दिलीप राय, तृणमूल अञ्चल अध्यक्ष रबीउल करीम, विप्लव सिंह लगायत पार्टीका अन्य सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *