गौतम देवले गरे सिलगढीमा विभिन्न परियोजनाहरूको उद्घाटन

सिलगढी : राज्यका पर्यटन मन्त्री गौतम देवले आज सिलगढीमा धेरैवटा विकासमूलक परियोजनाहरूको विधिवत् उद्घाटन गरे। उद्घाटन कार्यक्रम अवधि उत्तर बङ्गाल विकास मन्त्री रवीन्द्रनाथ घोष पनि उपस्थित थिए। वार्ड नम्बर 27 अन्तर्गत पर्ने आबन ठाकुर सरानीमा लगभग 17 लाख रुपियाँको लागतमा निर्मित एउटा म्यास्टिक रोडको पनि आज उद्घाटन गरियो। एसएमसी अन्तर्गत पर्ने वार्ड नम्बर 23-को सूर्यनगर मैदानमा बस्ने बेञ्चीहरू पनि राखियो। यसबाहेक वरिपरिका क्षेत्रहरूको पनि सुन्दरीकरणको लागि पहल गरिएको छ। यस अवसरमा मन्त्री रवीन्द्रनाथ घोषले कार्यक्रमलाई सम्बोधन आउँदो दिनहरूमा पनि यस प्रकारका विभिन्न विकासमूलक कार्यहरू गरिने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *