गौतम देवले गरे एसजेडीए तथा पीडब्ल्युडी-का अधिकारीहरूसित बैठक

सिलगढी : सिलगढी नगरनिगमले कञ्चनजङ्घा स्टेडियमलाई नयाँ रूपमा सजाउने कार्य शुरू गरेको छ। विकास घोष मेमोरियल स्वीमिङ पुललाई पनि नयाँ रूपमा सजाइनेछ। यसलाई लिएर आज कञ्चनजङ्घा स्टेडियमको सभाकक्षमा एसजेडीए तथा पीडब्ल्युडी-का अधिकारीहरूसित सिलगढीका मेयर गौतम देवले एउटा बैठक गरे।  पीडब्ल्युडी-का अधिकारीहरूले स्टेडियमको चारैतिर निरीक्षण गरेपछि तिनीहरूको रिपोर्ट अनुसार नै विभिन्न कार्य शुरू गरिनेछ। यस विषयलाई लिएर मेयर गौतम देवले पीडब्ल्युडी मन्त्री पुलक साहासित कुराकानी गरे। यस अवसरमा मेयर देवले भने, पीडब्ल्युडी-को सहयोगमा स्टेडियमलाई नयाँ रूपमा सजाइने कार्य शुरू गरिनेछ। यसको साथै स्वीमिङ पुललाई पनि नयाँ रूपमा सजाइनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *