गौतम देवले मेयर पदको लागि बुझाए मनोनयन पत्र

सिलगढी : सिलगढी नगरनिगमको मेयर पदको लागि गौतम देव र चेयरम्यान पदको लागि प्रतुल चक्रवर्तीले आज सिलगढी नगरनिगम कार्यालयमा मनोनयन पत्र बुझाए। भोलि मङ्गलबार सिलगढी नगरनिगम कार्यालयमा गौतम देव र प्रतुल चक्रवर्ती लगायत अन्य पार्षद्हरूले शपथ ग्रहण गर्ने भएका छन्। आज मनोनयन पत्र बुझाएपछि गौतम देवले भने, भोलि 22 फरवरी 2022 को दिन सिलगढी नगरनिगमको मेयर पदको लागि शपथ ग्रहण गर्नेछु अनि यसपछि बोरो चेयरम्यान, मेयर परिषद्, काउन्सिलरहरूलाई साथमा लिएर निष्ठापूर्वक कार्य गर्नेछु। यसभन्दा अघि विरोधी दलमा रहँदा धेरैवटा सुविधाहरूबाट वञ्चित हुन परेको थियो भने अब सिलगढीवासीहरूको समस्या सुन्नको लागि टक टु मेयर कार्यक्रम सुरू गरिने तिनले बताए। यसको साथै बोरो अन्तर्गत पर्ने वार्डका मानिसहरूको विविध समस्याहरू सुनेपछि यसको समाधान गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *