गौतम देव फेरि कोरोना संक्रमित

सिलगढी : सिलगढीको 33 नम्बर वार्डका तृणमूल प्रार्थी तथा पूर्व पर्यटन मन्त्री गौतम देव कोरोना संक्रमित भएका छन्। हिजो राति तिनको कोरोना टेस्ट रिपोर्ट पोजेटिभ आएपछि मतिगढाको एउटा नर्सिङ होममा भर्ना भएपछि हाल तिनी उपचाराधीन अवस्थामा छन्। गत 10 जनवरीको दिन तिनले बुस्टर डोज लगाए तापनि कोरोनाको केही लक्षणहरू देखा परेपछि तिनले कोरोना टेस्ट गरेका थिए। यसपछि रिपोर्ट पोजेटिभ आएपछि तिनले हिजो राति फेसबुक पेजको माध्यमद्वारा आफू कोरोना संक्रमित भएकोबारे अवगत गराएका थिए। सिलगढी नगरनिगमको 33 नम्बर वार्डका तृणमूल प्रार्थी गौतम देवले गत केही दिनदेखि लगातार सिलगढीको विभिन्न वार्डहरूमा चुनाउ प्रचार गरिरहेका थिए। तिनी अस्वस्थ्य रहेकोले अब पार्टीका नेतृत्व तथा कार्यकर्ताहरूले तिनको समर्थनमा चुनाउ प्रचार गर्ने बताइएको छ। स्मरण रहोस्, गत वर्ष पनि तिनी कोरोना संक्रमित भएपछि एउटा गैर सरकारी नर्सिङहोम केही दिनसम्म उपाचाराधीन थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *