ग्राहकहरूसित अभद्र व्यवहार गरेको ब्याङ्क कर्मचारीहरूविरुद्ध अभियोग लगाउँदै 35 नम्बर वार्ड युवा तृणमूलद्वारा विक्षोभ प्रदर्शन

सिलगढी : ग्राहकहरूसित अभद्र व्यवहार गरेको ब्याङ्क कर्मचारीहरूविरुद्ध अभियोग लगाउँदै 35 नम्बर वार्ड युवा तृणमूलले विक्षोभ प्रदर्शन गर्यो। संगठनका सदस्यहरूले एनजेपी शाखाको एउटा राष्ट्रियकृत ब्याङ्कविरुद्ध ग्राहकहरूसित अभद्र व्यवहार गरेको आरोप लगाउँदै उक्त ब्याङ्क अघि विक्षोभ प्रदर्शन गरियो। प्रदर्शनकारीहरूको आरोप अनुसार उक्त ब्याङ्कका कर्मचारीहरूले ग्राहकहरूसित अभद्र व्यवहार गर्नको साथै उक्त ब्याङ्कको परिसेवा निम्न स्तरको रहेको छ। यसैले ग्राहकहरूलाई चाँडै सटीक ब्याङ्किङ परिसेवा प्रदान गर्ने साथै ग्राहकहरूसित राम्रो व्यवहार गर्ने माग गर्दै आज 35 नम्बर वार्ड युवा तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेको बताइएको छ। यस सम्बन्धमा शाखाका म्यानेजरलाई एउटा मौखिक अभियोग पनि गरियो। ब्याङ्क म्यानेजरको उचित आश्वासनपछि उक्त विरोध प्रदर्शन हटाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *