‘ग्राम गौरव मेला’ अन्तर्गत खोरीबारीमा विभिन्न प्रतियोगिताको आयोजना

खोरीबारी : सूर्या फाउन्डेसन-आदर्श गाउँ योजनाको माध्यमद्वारा देशभरिकै 390 वटा गाउँमा चलाइरहेको ग्राम गौरव मेला अन्तर्गत खोरीबारी प्रखण्डको आदर्श गाउँमा विभिन्न प्रतियोगिताको आयोजना गरियो। सूर्या फाउन्डेसन फाँसीदेवा विधानसभा क्षेत्र प्रमुख मन्टू ठाकुरले बताएअनुसार नवरात्रिको अवसरमा ग्राम गौरव मेला अन्तर्गत खोरीबारी प्रखण्डको थानझोड़ा, हारीभिट्टा, मनसाजोत लगायत फाँसीदेवा विधानसभा क्षेत्रको 27 वटा गाउँमा विभिन्न प्रतियोगिताको आयोजना गरियो।


नानीहरूमाझ रङ्गोली प्रतियोगिता, सूर्य नमस्कार प्रतियोगिता, बस अनि चित्र बनाऊ  प्रतियोगिता, भाषण प्रतियोगिता, मां दुर्गाको सजावट आदि  प्रतियोगितामा धेरैजनाले अंश ग्रहण गरेका थिए। यस अवसरमा क्षेत्र प्रमुख मन्टु ठाकुर, तरुण कुमार सिंह, सोविन्द बर्मन लगायत अन्य व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *