ग्रामीण पर्यटन उद्योगलाई बढ़ावा दिन एसोसिएशन फर कन्जर्भेसन एन्ड टुरिज्म-को पहल

सिलगढी : एसोसिएशन फर कन्जर्भेसन एन्ड टुरिज्म (एक्ट)-ले लकडाउनपछि ग्रामीण पर्यटन उद्योगलाई अघि बढाएर लैजाने उद्देश्य लिएर केही पहल गरेको छ। एसोसिएशन फर कन्जर्भेसन एन्ड टुरिज्म (एक्ट)-को तर्फबाट आज एउटा पत्रकार सम्मेलन गरेर यसबारे जानकारी गराएको छ। राज बसुले बताएअनुसार धेरै दिनदेखि शहर आधारित पर्यटन अधिक महत्वपूर्ण थियो तर हाल लकडाउनपछि ग्रामीण आधारित पर्यटन उद्योगलाई अघि बढाएर लैजाने उद्देश्य लिएर तिनीहरूले केही कार्निभलको आयोजना गर्ने भएको छ। यसको माध्यमद्वारा पर्यटकहरूलाई गाउँसम्म पुर्‍याउने साथै सिलगढीमा लगाइने आतबारे हाट झैँ कालेबुङमा पनि एउटा हाट लगाउने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *