ग्राम पञ्चायतमा टीकाकरणको व्यवस्था गर्नु पर्नेबारे बिमल गुरूङले गरे जीटीए प्रशासकलाई पत्राचार

दार्जिलिङ : गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङले जीटीए प्रशासकलाई दार्जिलिङ पहाडको ग्राम पञ्चायत स्तरमा टीकाकरणको व्यवस्था मिलाउने विषयमा पत्राचार गरेका छन्। विशेष गरेर ग्रामीण क्षेत्रका मानिसहरुको असुविधालाई ध्यानमा राखेर गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङले जीटीए प्रशासकलाई लेखेको पत्रमा भनेका छन्, विगत 26 मईको दिन मैंले कोभिड 19 संक्रमण विषय तयारी रहनको निम्ति पत्रचार गरेको थिएँ त्यही पत्रको विषयलाई निरन्तरता दिँदै यो पत्र लेखिरहेको छु। मलाई जीटीए क्षेत्रको विभिन्न स्थानहरुबाट ग्रामीण क्षेत्रमा टीकाकरणको व्यवस्था प्रबन्ध गराउने विषयमा बिन्ती आइरहेको छ। वर्तमान टीकाकरणको निम्ति ग्रामीण क्षेत्रका मानिसहरुले दैनिक 1000 देखि 3000 रूपियाँ गाड़ी भाडा खर्च गर्नु पर्दैछ, यसैले यी सबै कुराहरुलाई मध्य नजर राख्दै ग्राम पञ्चायत स्तरमा टीकाकरणको व्यवस्था प्रबन्ध गराउन म हजुरलाई बिनम्र अनुरोध गर्दछु। यसको साथै अध्यक्ष बिमल गुरुङले भोली 9 जूनदेखि दार्जिलिङको टकभरस्थित कञ्चन जङ्घा स्कूलमा कोरोना संक्रमितहरूको लागि होम आइसोलेसन सेन्टर शुरू बारेमा पनि जीटीए प्रशासकलाई जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *