ग्रेटर लायन्स इन्स्टिट्युट अफ् अप्थेलमिक साइन्सको ट्रेनिङ सेन्टरको उद्घाटन

राजगञ्ज : ग्रेटर लायन्स इन्स्टिट्युट अफ् अप्थेलमिक साइन्सको ट्रेनिङ सेन्टरको आज उद्घाटन गरियो। वेन गिभिङ फाउन्डेसन तथा मिसन फर भिजनको सहयोगमा आज राजगञ्जको बन्धुनगर सिलगढी ग्रेटर लायन्स श्री विद्यासागर ओसवाल आई हस्पिटलमा विविध कार्यक्रमबीच नयाँ प्रशिक्षण केन्द्रको उद्घाटन गरियो। यस सम्बन्धमा जीएस होराले बताएअनुसार आज एउटा नयाँ ट्रेनिङ सेन्टरको उद्घाटन गरियो। उक्त ट्रेनिङ सेन्टरमा धेरैजना युवतीहरूले ट्रेनिङ लिन सक्नेछन् भने तिनीहरूको लागि बस्ने व्यवस्था पनि गरिएको छ। उक्त ट्रेनिङ सेन्टर विभिन्न कोर्सहरूको व्यवस्था गरिएको बताउँदै तिनले वेन गिभिङ फाउन्डेसन तथा मिसन फर भिजनलाई धन्यवाद दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *