ग्रेटर कुचबिहार पीपुल्स एसोसिएशनका संस्थापक अनन्तदेव वर्माले गरे राजगञ्जमा सभा

राजगञ्ज : ग्रेटर कुचबिहार पीपुल्स एसोसिएशन (जीसीपीए)-का संस्थापक अनन्तदेव वर्माले आज राजगञ्जमा एउटा सभाको आयोजना गर्यो। आज तिनी संगठनका सदस्यहरूसित संगठनात्मक विषयमा चर्चा परिचर्चा गर्नको लागि आएका थिए। यसपछि तिनले राजगञ्जको बिन्नागढी ग्राम पञ्चायतको हरिचरणभिटा गाउँमा एउटा सभा गरे। अनन्तदेव वर्मा आज लगभग 11 बजी राजगञ्जको हरिचरणभिटा गाउँमा पुगे भने तिनको सुरक्षाको लागि केन्द्रीय बलहरू तैनाथ गरिएको थियो। यसबाहेक केही नारायणी सैनिक पनि उपस्थित थिए। यसभन्दा अघि तिनले आज हरिचरणभिटाको पञ्चानन रायको आवासमा संगठनका सदस्यहरूसित 30 मिनटसम्म संगठनात्मक चर्चा परिचर्चा गरेपछि उक्त गाउँमा एउटा सभालाई सम्बोधन गरे। सभालाई सम्बोधन गर्दै तिनले राजवंशी समुदायको संस्कृतिबारे मानिसहरूलाई अवगत गराए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *