ग्रीन जलपाईगुढी संस्थाको तर्फबाट 4 सय असहाय परिवारलाई लुगाफाटा वितरण

जलपाईगुढी :  ग्रीन जलपाईगुढी स्वयम्‌सेवी संस्थाको तर्फबाट जलपाईगुढीको विभिन्न इलाकाका लगभग 4 सय असहाय परिवारलाई लुगाफाटा वितरण गरियो। उक्त संस्थाको तर्फबाट आज जलपाईगुढीको राजबारी पाडा नीचमाठ, पद्म दिघी कोलनी, इन्दिरा गाँधी कोलनी, भगतसिंह कोलनी, दक्षिण विवेकानन्द पल्ली इलाकाको असहाय परिवारलाई आज लुगाफाटा वितरण गरियो। ग्रीन जलपाईगुढी संस्थाका सचिव अङ्कुर दासले आगामी दिनमा दुर्गा पुजाको उपलक्ष्यमा अझै 4 सय परिवारलाई लुगाफाटा वितरण गरिने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *